CLI

ताप्लेजुङका प्रमुख जिल्लाअधिकारीले लगाए जिल्लाका फुङलिङ र काफ्लेपाटी क्षेत्रमा निषेशआज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीले  पाथिभरा केवलकार निर्माण पक्ष र ‘नो केवलकार’ समुहको बीचमा झडप हुन सक्ने र फुङलिङ नगरपालिका बजार क्षेत्रमा प्रदर्शन, जुलुसका कारण स्थानिय स्तरमा हुलदंगा, झडप र प्रतिकुल स्थितिको सृजना भई शान्ति सुरक्षा भंग हुन सक्ने भन्दै आज फागुन ११ गते बिहान  ५ बजे देखि अर्को आदेश नभए सम्मको लागि निषेध आज्ञा जारी गरेका छन् ।

उनले स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ (क) बमोजिम निषेध आदेश जारी गरेको जनाएका छन् ।

निषेध आज्ञा जारी गरेका चार किल्ला क्षेत्र फुङलिङ नगरपालिका बजार क्षेत्र पुर्व- फुङलिङ नगरपालिका वार्ड नं ७, सल्लेरी,पश्चिम- फुङलिङ नगरपालिका वार्ड नं ७,घोडेचौर ( थलाङ धारा क्षेत्र सम्म) उत्तर- फुङलिङ नगरपालिका वार्ड नं ४, उकालीपानी दक्षिण- फुङलिङ नगरपालिका वार्ड नं ६, शेर्पा टोल (भेटनरी कञ्चनजंघा टोल) २. काफ्लेपाटी – बल्लुडाँडा क्षेत्र पूर्व- पर्यटक प्रहरीको भवनको १०० मिटर इलाका पश्चिम- बल्लुडाँडा / डडेले इलाका उत्तर – केबलकार बेस स्टेशन/ पानीको मुहान इलाकाको १०० मिटर दक्षीण – नयाँ बसपार्क इलाकाको १०० मिटर (जंगल इलाका समेत) रहेको छ ।

जिल्ला प्रसासन कार्यलयले जारी गरेको निषेशित क्षेत्रमा  ५ (पाँच) जना भन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस, प्रदर्शन घेराउ जस्ता कार्यक्रम गर्न निषेध गर्ने गरी आदेश जारी गरिएको छ। घोषित अवधिभर जारी आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने कुनै पनि व्यक्ति वा समूह उपर प्रचलित कानून बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारीले हिजो जारी गरेको  सुचनामा उल्लेख छ ।

 

Leave Your Comment

Related News