काठमाडौं । आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य घटेको छ । सुन प्रति तोला ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रति तोला १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य १ हजार ९९० रुपैयाँ थियो ।