तारागाउँ रिजेन्सीले ११ प्रतिशत नगद लाभांश वितरण गर्यो

काठमाडौं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले यस वर्षको ११ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

कम्पनीले गत पुस २४ गते सम्पन्न २८औं वार्षिक साधारण सभाबाट पारित उक्त कर वाहेक नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैक खातामा जम्मा गरेको हो । लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि १८ गतेसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस ४ गते बिहीबारसम्म कायम शेयरधनीहरुले कम्पनीको लाभांश प्राप्त गरेका हुन ।

पुस ४ गतेसम्म कम्पनीको शेयर धितो राखी कर्जा उपयोग गरेका सदस्यहरुको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा  रोक्का जनाई राखिएकाले यदि फुकुवा भैसकेको भए फुकुवा पत्र पेश गर्न समेत कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार