२७५५ मा शेयर बजार, साढे ११ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३.१४ अंकले बढेको शेयर बजार आइतबार दोहोरो अंकले बढेको हो ।

आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ११.६६ अंकले बढेर २७५५.४० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.६६ अंकले बढेर ४५८.६४ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.५५ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.१२ अंकले बढेको छ ।

आइतबार ३२८ वटा कम्पनीको २ करोड १२ लाख ६ हजार कित्ता शेयर कारोबार हुँदा कारोबार रकम ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार पुगेको छ । जुन बिहीबारको तुलनामा २ अर्ब ९२ करोड ६ लाख ५० हजार बढी हो । बिहीबार ३०९ वटा कम्पनीको १ करोड ५६ लाख ३७ हजार कित्ता शेयर कारोबार हुँदा कारोबार रकम ८ अर्ब ६२ करोड ७६ लाख ८७ हजार पुगेको थियो ।

आइतबार ९१ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १४८ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

यस दिन ७ वटा समूह परिसूचक बढ्दा बाँकी ६ वटा घटेको छ । बैंकिङ ०.४९, लगानी १.४६, जीवन बीमा ११८, उत्पादन र प्रशोधन १९४, निर्जीवन बीमा १८ र अन्य समूह ८३ अंकले बढ्दा विकास बैंक २७, वित्त १३, होटल र पर्यटन ३५, जलविद्युत २१, लघुवित्त ३५ र व्यापार ५९ अंकले घटेको हो ।

यस दिन सर्वाधिक कारोबार हुने कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, नेपाल रिइन्स्यारेन्स कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र सीइीडीबी होल्डङिस लिमिटेड रह्यो । हिमालयन रिइन्स्योरेन्सको ९५ करोड ६४ लाख, सिटिजन लाइफ इन्स्योरेन्सको ६१ करोड ४८ लाख, नेपाल रिइन्स्यारेन्स कम्पनीको ६० करोड २९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ४० करोड ६८ लाख र सीइीडीबी होल्डङिस लिमिटेडको ३६ करोड ११ लाख बराबर कारोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार