काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले चैत ८ गते शुक्रबार सातौं वार्षिक साधारण सभा गर्ने भएको छ । संस्थाले सातौं साधारण सभा धरान उपमहानगरपालिका वडा नम्बर १२ सुनसरीस्थित गोर्खा होटेल, चतरा लाईनमा गर्ने भएको हो ।
संस्थाले साधारण सभा प्रयोजनका लागि फागुन २८ गते एक दिन शेयरधनी दर्ता किताब बन्द (बूकक्लोज) गर्ने भएको छ । सभामा संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्न स्वीकृतिको लिने र नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम २.६३ प्रतिशत संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव समेत सभामा लैजाने छ । संस्थाको हाल चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रहेको छ ।