अण्डाको मूल्य क्रेटमा ४० रूपैयाँ बढ्यो

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ । मध्यम, ठूलो र एक्सएल अण्डाको मूल्य क्रेटमा ४० रूपैयाँ वृद्धि भएको हो ।

क्रेटमा क्रमशस् ३५० रूपैयाँ, ३७० रूपैयाँ र ३८५ रूपैयाँ रहेको थियो । मूल्य वृद्धिपछि अब अण्डाको मूल्य क्रमशः प्रतिक्रेट ३९० रूपैयाँ, ४१० रूपैयाँ र ४२५ रूपैयाँ कायम भएको छ ।

बजारमा अण्डाको मागसँगै लागत पनि बढेकाले अण्डाको मूल्य बढाउनुपरेको संघका अध्यक्ष विनोद पोखरेलले बताए ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार