कुमारी बैंकको ९७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा*

काठमाडौं । कुमारी बैंक लिमिटेडले ९७  हजार ६५६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । विभिन्न संस्थापक शेयरधनीहरूले आफ्नो नाममा कायम रहेको संस्थापक शेयर बिक्रीका लागि निवेदन दिएपछि बैंकले ३५ दिने सूचना जारी गर्दै शेयर बिक्रीका लागि सूचना सार्वजनिक गरेको हो ।

बैंकले ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीहरूले खरिद गर्नसक्नेगरी उक्त शेयर बिक्रीमा ल्याएको छ । शेयर खरिदका लागि बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं १ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं, टंगालमा आइपुग्ने गरी आवेदन दिन बैंकले अनुरोध गरेको छ ।

म्याद भित्र विद्यमान संस्थापकहरुवाट आवेदन नपरेमा संस्थापक भन्दाबाहिर शेयर बिक्रीको प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

(९७  हजार कित्ता हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएकाे छ । -स.)

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार