कुमारी बैंक र सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक शेयर आजेदखि विक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेड र सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक शेयर आज मंगलबारदेखि विक्रीमा आएको छ ।

कुमारी बैंक लिमिटेडले ९७ हजार ६५६ कित्ता र सानिमा जिआईसी इन्स्योरेन्सले ९५ हजार ९२८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन । यी दुबै कम्पनीको उल्लेखित कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउनेछन् ।

आगामी ३५ दिनभित्र सम्बन्धित कम्पनीहरुको केन्द्रिय कार्यालयमा इच्छुक खरीदकर्ताहरुले आवेदन पेश गर्न सक्नेछन् । कुमारी बैंकको शेयर खरीदका लागि केन्द्रिय कार्यालय टंगाल, काठमाडौंमा वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय, नागपोखरी, नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

सानिमा जिआईसी इन्स्योरेन्सको शेयर खरीदका लागि भने कम्पनीको केन्द्रिय कायाल्य टंगाल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । पहिलो चरणमा विद्यमान संस्थापकका लागि मात्र प्राथमिकतामा राखेर विक्रीमा आएको यी शेयर आगामी ३५ दिनभित्र विक्री नभएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा विक्री गरिनेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार