काठमाडौं । सोमबार सामान्य अंकले बढेको शेयर बजार मंगलबार पनि बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.८१ अंकले बढेर ४६०.०६ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.४५ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.१७ अंकले बढेको हो । यो सँगै नेप्से निरन्तर सात दिन बढेको छ ।
मंगलबार ३१२ वटा कम्पनीको १ करोड ७८ लाख ६५ हजार कित्ता शेयर कारोबार हुदाँ कारोकार रकम ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार पुगेको छ । जुन सोमबारको तुलनामा १ अर्ब १७ करोड ६० लाख ७८ हजारले कम हो । सोमबार ३१० वटा कम्पनीको २ करोड ११ लाख १० हजार कित्ता शेयर कारोबार हुँदा कारोबार रकम ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार पुगेको थियो ।
साथै यस दिन बजार पुँजीकरण रकम ४५ खर्ब ९१ अर्ब ५७ करोड ९३ लाख रह्यो ।
मंगलाबार १०४ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १३२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ९ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यस दिन ७ वटा समूह परिसूचक बढ्दा बाँकी ६ वटा घटेको छ । बैंकिङ ०.३५, होटल र पर्यटन ३, लगानी ०.८७, जीवन बीमा १११, उत्पादन र प्रशोधन १३, म्युअुचल फण्ड ०.०१ र अन्य समूह ६९ अंकले बढ्दा विकास बैंक ७, वित्त २०, जलविद्युत ०.०६, लघुवित्त ८, निर्जीवन बीमा ३६ र व्यापार १०९ अंकले घटेको हो ।
यस दिन सर्वाधिक कारोबार हुने कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, नेपाल रिइन्स्यारेन्स कम्पनी, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र सीइीडीबी होल्डङिस लिमिटेड रह्यो । हिमालयन रिइन्स्योरेन्सको १ अर्ब २ करोड ६२ लाख, नेपाल रिइन्स्यारेन्स कम्पनीको ८३ करोड ३ लाख, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको २९ करोड ७५ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २७ करोड ४८ लाख र सीइीडीबी होल्डङिस लिमिटेडको २४ करोड ५१ लाख बराबर करोबार भयो ।