काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपीओमा १०.५२ गुणा बढी आवेदन परेको छ । आईपीओ निष्काशनको चौथो दिन बुधबार बिहान १० बजेर ७ मिनेटसम्ममा १०.५२ गुणा बढी आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।
सिडिएस एण्ड क्लियरिङका अनुसार सो अवधिसम्ममा १४ लाख ९५ हजार ५५८ जना आवेदकले १ करोड ९४ लाख २४ हजार ८३० कित्ताका लागि आवेदन दिएका हुन् । उक्त आवेदन १ अर्ब ९४ करोड २४ लाख ८३ हजार बराबरको हो ।
कम्पनीले फागुन ११ गते देखि १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारण्मा निष्कासन गरेको हो । न्यूनतम १० कित्ताको लागि आवेदन दिन पाउनेछन् भने अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले मेरो शेयर मार्फत् आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् ।