RE
Global College

तीन दिनसम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने

काठमाडौं । बिहीबारदेखि तीन दिनसम्म काठमाडौँका केही स्थानमा विद्युत् आपूर्ति प्रभावित हुनसक्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

मूलपानी १३२ केभी सबस्पेशनमा भक्तपुर–चपली १३२ केपी प्रशारण लाइनलाई ‘लुप इन लुप आउट’ गर्नका लागि बिहीबार बिहान ६ बजेदेखि शनिबार साँझसम्म तीन दिन तोकिएको स्थानमा विद्युत् सेवा प्रभावित हुनसक्ने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

जसअनुसार चपली सबस्टेसन, लैनचौर सबस्टेसन, चाबहिल सबस्टेसन, बालाजु सबस्टेसन, पुरानो चाबहिल तथा महाराजगन्ज ११ केभी स्विचिङ सबस्टेसनहरुबाट सञ्चालित वितरण केन्द्र अन्तरगतका ११ केभी फिडरहरुबाट विद्युत् आपूर्ति हुने स्थानहरूमा विद्युत् सेवा प्रभावित हुनसक्ने सूचनामा उल्लेख छ ।

 

NECO

Leave Your Comment

Related News