शिखर इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने

काठमाडौं । शिखर इन्स्यारेन्स कम्पनीले आफना शेयरधनीहरुलाई नगद लाभांश प्रदान गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको २० औं वार्षिक साधारण सभामार्फत् आफना शेयरधनीहरुलाई ०.५२८३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । गत वर्षको नाफाबाट लाभांश वितरण गर्न लागेको हो ।

बैठकले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्ने । आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण लागि श्री जीपी राजबाहक एण्ड कम्पनी, चार्टड एकाउण्टेण्ट्सलाई लेखापरीक्षण शुल्क मूल्य अभिवृद्धि कर बाहेक १० लाख, कर लेखापरीक्षण शुल्क वापत ३० हजार तथा लंग फर्म अडिट रिपोट बापत ३० हजार भुक्तानी गर्ने गरी लेखापरीक्षक नियुक्ति गर्ने निर्णय समेत गरेको छ ।

गत वर्ष भने कम्पनीले लाभांश वितरण गरेको थिएन ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार