यूनाईटेड इदीमर्दी हाईड्रोपावरले बोलायो साधारण सभा, हकप्रद शेयर र नगद लभांश प्रस्ताव गर्ने

काठमाडौं । यूनाईटेड इदीमर्दी एण्ड आर.बि हाईड्रोपावर कम्पनीले १५ औं वार्षिक साधारण सभा बोलाएको छ । हाइड्रोपावरले चैत ११ गते सोमबार घारीपाटन १७ पोखरा स्थित आभ्या क्लबमा साधारण सभा गर्न लागेको हो ।

कम्पनीलको मंगलबरा बसेको सञ्चालक समितिको बैठकले सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्ष नियुक्तिका साथै नगद लाभांश वितरणको प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । २०८१ असारमसान्तसम्मको सञ्चित मुनाफाबाट शेयरधनहिरुलाई चुक्ता पुँजीको ०.२११ प्रतिशतका दरले हुने ९ लाख ३२ हजार ८४२ नगद लाभांश वितरण गर्ने तयारी गरेको हो । साथै २०८१ असारमसान्त सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाइृ चुक्ता पुँजीको ४ प्रतिशतका दरले हुने १ करोड ७७ लाख २४ हजार बराबरको बोनस शेयर वितरण गर्ने तयारी समेत गरेको छ । बोनस शेयर जारी भए पश्चात कायम हुने चुक्ता पुँजीको १ः १ (एक बराबर एक) अनुपातमा हकप्रद शेयर निष्कासन गरी कम्पनीको पुँजी वृद्धि गर्ने बताइएको छ । हाल कम्पनीको चुक्ता पुँजी ४४ करोड ३१ लाख रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन २३ गते शुक्रबार बुकक्लोज (शेयरधनी दर्ता किताब बन्द) गर्ने निर्णय समेत गरेको छ । यो सँगै फागुन २२ गते बिहीबारसम्म कारोबार भएकाहरु लाभांश प्रस्तावका लागि योग्य हुनेछन् ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार