कस्तो छ रसियासँग द्वन्द्वरत मुलुक युक्रेनको नेपालसँगको व्यापार अवस्था ?

काठमाडौं । पछिल्लो समय युक्रेन रसिया युद्धका कारण विश्व मिडियामा छाएको मुलुक युक्रेनसँग नेपालको व्यापार घाटा उच्च रहेको छ । सयभन्दा बढी मुलुकसँग व्यापार घाटा व्यहोर्दै आएको नेपालले युक्रेनसँग १५ अर्ब बढी व्यापार घाटा व्यहोरको सरकारी अधिकारीहरु बताउँछन् ।

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा नेपालले युक्रेनसँग १५ अर्ब ३८ करोड ६६ लाख ४५ हजार व्यापार घाटा व्यहोरेको भन्सार विभागले जनाएको छ । विभागका अधिकारीहरुका अनुसार उच्च आयात र न्यून निर्यातका कारणले गर्दा युक्रेनसँग नेपालको उच्च व्यापार घाटा रहेको हो । समिक्षा अवधिमा यक्रुेनबाट १५ अर्ब ३९ करोड १३ लाख बराबरको सामग्री आयात गर्दा ४७ लाख २८ हजार बराबरको सामग्री निर्यात गरिएको छ ।

समिक्षा अवधिमा युक्रेनबाट सबैभन्दा बढी सूर्यमुखी आयात गरिएको छ । समिक्षा अवधिमा १३ अर्ब ९७ करोड ७५ लाख बराबरको ९८ अर्ब ९३ लिटर कच्चा सूर्यमूखी आयात गरिएको छ । यसका साथै बोतलका बिक्र्रो (स्टोपरस) रबरका सामग्री, मासुजन्य पदार्थ रहेका छन् । समिक्षा अवधिका बोतलको बिक्र्रो २ करोड ९७ लाख ७३ हजार र रबरका सामग्री ४७ हजारको आयात गरिएको छ ।

साथै यक्रुेनमा कुकुर र बिरालोको आहार, कपडा,मूर्ति, चिया लगायतका सामग्री निर्यात गरिएको छ । समिक्षा वधिमा ३५ लाख १२ हजारको १३०० किलोग्राम कुकुर र बिरोलोको आहार निर्यात गरिएको छ । सोहि अवधिमा २ लाख १७ हजारको कपडा, १६ हजारको मूर्ति निर्यात गरिएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार