काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आगामी चैत १५ गते ८औँ वार्षिक साधारणसभा बोलाएको छ । ले नगद लाभांश (कर सहित) र बोनस शेयर गरी २८.४० प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेगरी संस्थाले साधारणसभा डाकेको हो ।
बैठकले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी रु. ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँको १.४२०२२ १.४२ प्रतिशतले हुने पाँच करोड ५९ लाख २१ हजार रुपैयाँ नगद लाभांश (बोनस शेयरको कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गर्ने निर्णय भएको छ ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम रहेको चुक्ता पुँजीको २६.९८ प्रतिशतले हुने रकम एक अर्ब छ करोड २५ लाख रुपैयाँ बराबरको बोनस शेयर जारी गर्ने निर्णय संञ्चालक समिति बैठकले गरेको छ ।