फेरि फुट्यो मेलम्चीको पाइप, बिहानैदेखि थापाथली क्षेत्र जलमग्न

काठमाडौं । गत माघ ३० गते काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति सञ्जालको पाइप फुट्यो । २० इन्च मोटो फलामे पाइप फुटेर सरकारी र निजी भवन डुबानमा परेका थिए ।

उक्त पाइप फुटेको २० दिनपछि बबरमहलनजिकै थापाथली चोकबाट नर्भिक जाने बाटोमा पुन: मेलम्चीको पाइप फुटेको छ । पाइप फुटेपछि बिहानैदेखि थापाथली क्षेत्र जलमग्न भएको छ ।

पाइप फुट्नुको कारण खुलिसकेको छैन । पाइप फुटेर तिव्र गतिमा निस्किएको पानीको फोहोराले सडक भत्किएको छ । पाइपको लाइन फुट्दा पानी नजिकका घर र पसलमा पसेको छ ।

पाइप फुटेको विषयमा पत्ता लगाइ पाइप मर्मत गरेर पानी सञ्चालन गर्ने तयारी भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले बताए । उनले भने, “पाइप फुटेर क्षति भएको छ । के कारणले पाइप फुटेको हो । त्यसको एकीन कारण पत्ता लगाई पाइप मर्मतपश्चात पानी वितरण कार्य सुरु गरिने छ ।”

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार