काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारले पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, पूर्वसचिव दिनेशहरि अधिकारी, व्यवसायी मिनबहादुर गुरुङलगायत ११० जनालाई प्रतिवादी बनाउँदै अख्तियारले पुनरावेदन गरेको हो ।
अख्तियारले ११० जनाविरुद्ध बिगो, कैद र जरिवाना तथा ६५ जनालाई जग्गा जफत प्रयोजनमा प्रतिवादी बनाएको छ । विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियारले पुनरावेदन गरेको हो ।
अख्तियारले २०७६ माघ २२ गते ललिता निवास जग्गा घोटाला प्रकरणमा पूर्वमन्त्री, पूर्वसचिवसहित ११० जनाविरुद्ध बिगो, कैद र जरिवाना तथा ६५ जनालाई जग्गा जफत प्रयोजनमा प्रतिवादी बनाइ मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा २०८० फागुन ३ गते विशेष अदालतले तीन पूर्वमन्त्रीलाई पूर्णसहित केहीलाई आंशिक सफाइ दिएको थियो ।