काठमाडौं । आज सुन चाँदीको मूल्य बढेको छ । बिहीबार छापावाल सुन प्रति तोला तीन सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ७० हजार ७०० रुपैयाँमा करोबार भइरहेको छ । बुधबार सुनको मूल्य १ लाख ७० हजार ४०० रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य १ हजार ९५० रुपैयाँ थियो ।