काठमाडौं ।संघिय संसदको माथिल्लो सदन राष्ट्रिय सभाबाट यस्तै राष्ट्रिय सभा बैठकमा बुधबार प्रतिनिधिसभा बैठकबाट पारित भएका ५ अध्यादेश निर्णयार्थ पेस भएकामा बहुमतले स्वीकृत गरेको छ । बैठकले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ निर्णयार्थ पेस भएकामा सबै अध्यादेशहरु बहुमतबाट परित भएका हुन् । यी सँगै ल्याएको भुमी सम्बन्धि अध्यादेश भने सरकारले सदनमा निर्णयार्थ पश गरेको थिएन ।
अध्यादेशको बिपक्षमा बिपक्षी दलले राखेको अस्विकृत गरियोस भन्ने प्रस्ताब सभाको बहुमतले अस्वीकृत गरि स्वीकृत गरियोस भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो ।