काठमाडौं । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि दरखास्त परेका उम्मेदवारहरूकाे प्रथम नामावली प्रकाशित भएको छ । बिहीबार दिउँसो ११ बजेदेखि ३ बजेसम्म कानुन व्यवसायीहरुले विभिन्न पदमा उम्मेदवारी दरखास्त गराएका हुन् ।
केन्द्रीय कार्यसमितिमा अध्यक्ष पदका लागि रमण कुमार श्रेष्ठ, डा विजय प्रसाद मिश्र, राजु कैती, उज्वल घिमिरे र आषिश पौडेलले मनोनयन दर्ता गराएका छन् ।
बारको निर्वाचन आगामी चैत २३ गते हुँदैछ । निर्वाचनमा नेपाली कांग्रेसनिकट डीएलए र नेकपा एमाले निकट पीपीएलएले गठबन्धन बनाएका छन् जसको साझा उम्मेदवार वरिष्ठ अधिवक्ता मिश्र रहेका छन् । यसैगरी विपक्षी दलहरुबाट नेकपा माओवादी केन्द्र निकट आरपीएलएबाट वरिष्ठ अधिवक्ता श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारको प्रथम नामवली