किलोमा डेढ सयले सस्तियो कुरिलो, अन्य तरकारीको मूल्य कति?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी, फलफूल तथा माछाको मूल्य निर्धारण गरेको छ ।

यसदिन कुरिलो किलोमा डेढ सय रुपैयाँ सस्तिएको छ । बिहीबार प्रतिकिलो १००० रुपैयाँ मूल्य रहेको कुरिलोको मूल्य आज किलोमा ८५० रुपैयाँ कायम गरिएको छ । यस्तै परबरको मूल्य पनि ४५ रुपैयाँले घटेर प्रतिकिलो १४५ रुपैयाँमा झरेको छ ।

आज रातो आलु प्रतिकिलो ३२.६७ रुपैयाँ, भारतीय रातो आलु ३१ रुपैयाँ, भारतीय सुकेको प्याज ६५ रुपैयाँ, काउली १७.६७ रुपैयाँ, रातो मूला ३५ रुपैयाँ र सेतो मूला १७.६७ रुपैयाँ किलो रहेको छ ।

मटरकोशा रू रू ५५, घिउ सिमी रू ४५, तितो करेला (के.जी.)रू ११५ लौका रू ४५ प्रतिकिलो मूल्य कायम भएको छ ।

यस्तो छ शुक्रबारका लागि तरकारीको मूल्य

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार