RE
Global College

आईजिआई प्रुडेन्सियल इन्स्योेरेन्सको ९.७४ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । आईजिआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको ९.७४ प्रतिशत नगद लाभांश पारित भएको छ । कम्पनीको फागुन २५ गते सम्पन्न २७औँ बार्षिक साधारण उक्त नगद लाभांश पारित गरेको हो ।

कम्पनीका अध्यक्ष हेमराज ढकालले समीक्षा वर्षमा निर्जीवन बीमा कम्पनीहरुले ४१ अर्ब ४७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको जानकारी दिए । यो गत आव भन्दा २.८ प्रतिशतको वृद्धि हो । साथै आव २०८०।०८१ मा कूल ग्राहस्थ उत्पादनमा निर्जीवन बीमा क्षेत्रको ०.७३ र कूल बीमा क्षेत्रको ३.४७ प्रतिशत योगदान रहेको छ । सो सुचकांकले बीमा क्षेत्रको विकासमा प्रचुर सम्भावना रहेको प्रष्ट देखिएको जानकारी गरउंदै समीक्ष बर्षमा यस कम्पनीले ३.६३ अरब बीमा शुल्क आर्जन गरी गत बर्षको दांजोमा ७.१२ प्रतिशतले वृद्धि गर्न सफल भएको उनले जानकारी गराए ।

कम्पनीको आफ्नै जग्गामा निर्माणधिन ११ तल्लाको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको, भवनको सम्पूर्ण कार्य करिब ६ महिना भित्र सकिने अपेक्षा रहेको र यसै गरी कम्पनीले आगामी वर्षदेखि विभिन्न प्रदेशमा समेत आफ्नै भवनको अवधारणा अगाडी सारेको र सोलाई क्रमश व्यवस्था गर्दै लगिने व्यहोरा समेत शयरधनीहरुलाई जानकारी गराएको छ ।

NECO

Leave Your Comment

Related News