CLI

मधेशी एकता समाजको संगठन अमेरिकामा विस्तार, अनिल साहको नेतृत्वमा नयाँ कार्यकारी समिति

काठमाडौं । मधेशी एकता समाजले आफ्नो संगठन अमेरिकामा पनि विस्तार गरेको छ ।  मधेशी एकता समाज नेपालका गैरआवासीय मधेशीहरुको अन्तर्राष्ट्रिय छाता संगठन हो । समाजका संस्थापक डा.रविन्द्र कुमार यादवले अमेरिकामा आधिकारिक रूपमा संगठन गठन भएको जानकारी दिनुभयो ।

समाजले अमेरिकाको टेनेसी बस्ने अनिल साहको नेतृत्वमा नयाँ कार्यकारी समिति चयन गर्दै अमेरिका शाखा गठन गरेको हो ।

नयाँ कार्यकारी समितिको वरिष्ठ उपाध्यक्ष संजय जयमिरे (टेक्सास), उपाध्यक्ष (अन्तर्राष्ट्रिय)मा शशी यादव (टेक्सास), उपाध्यक्ष (राष्ट्रिय)मा प्रा. मनोहर साह (उत्तर डकोटा), महासचिवमा सुजित झा (टेक्सास), सहसचिवमा अब्दुल हवारी (टेक्सास), कोषाध्यक्षमा कृष्ण यादव (अस्टिन), प्रवक्तामा आशिष झा (कोलोराडो) र प्रमुख प्रविधि अधिकारीमा विवेक गुप्ता (टेक्सास) रहेका छन् ।

यसैगरी, कार्यकारी सदस्यहरू सन्तोष यादव (बोस्टन), अनुषा यादव (अस्टिन), डा. संबु यादव (टेक्सास), वसन्त साह (फ्लोरिडा), जितेन्द्र साह (ओक्लाहोमा), अम्बिका साह (टेनेसी), राकेश कुमार गुप्ता (क्यान्सस), विकास जायसवाल (अलाबामा) र राजेश कुमार यादव (टेक्सास) रहेका छन् ।

त्यस्तै, सल्लाहकारहरूमा दिपेश बर्मा, डा. उमेश यादव, रामकृष्ण यादव, राकेश यादव, देवेन्द्र यादव, हेमन्त झा, संजय यादव र राजिव यादव रहेका छन् ।

Leave Your Comment

Related News