RE
Global College

विदेश पठाउने भनि ठगी गर्ने ६ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोरखा आरूघाट गाउँपालिका–४ घर भई काठमाडौं महानगरपलिका–१६ बस्ने २४ वर्षीया सरू परियार, कञ्चनपुर बेलौरी नगरपालिका–३ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने ३२ वर्षीय जेम्स राना, काठमाडौं कीर्तिपुर नगरपालिका–६ घर भएकी ३४ वर्षीया रेखा तुलाधार, धादिङ निलकण्ठ नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने २७ वर्षीय रवि खनाल, ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ घर भई काठमाडौं बुढालिकण्ठ नगरपालिका–८ बस्ने ४० वर्षीय ललित बहादुर ईवारम र ३३ वर्षीय दिपेश सुब्बा लिम्बु रहेका छन् ।

पक्राउमध्ये सरूले अस्ट्रेलिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट दुई लाख ५० हजार, जेम्सले क्रोएसिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट तीन लाख, रेखाले जापान पठाइदिन्छु भन्दै चार जना पीडितबाट १३ लाख दुई हजार, रविले अमेरिका पठाइदिन्छु भन्दै एक जना पीडितबाट १४ लाख तथा ललित र दिपेशले अमेरिका पठाइदिन्छु भन्दै एक जना पीडितबाट ५३ लाख रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

NECO

Leave Your Comment

Related News