काठमाडौं । निरन्तर घटेको शेयर बजार बुधबार भने दोहोरो अंकले बढेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १७.२८ अंकले बढेर २७३६.४८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.५५ अंकले बढेर ४५९.०३ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स १.०५ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.७५ अंकले बढेको घटेको हो । यो सँगै सोमबारदेखि निरन्तर घटेको शेयर बजार बुधबारसम्म आइपुग्दा दोहोरो अंकले बढेको हो ।
बुधबार ३२३ वटा कम्पनीको २ करोड २९ लाख ४१ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ८ अर्ब २३ कोड ५२ लाख ६८ हजार पुगेको छ । जुन मंगलबारको तुलनामा १५ करोड ५८ लाख ८१ हजारले कम हो । मंगलबार ३०३ वटा कम्पनीको १ करोड ५५ लाख ५९ हजार शेयर कित्ता कारोबार हुँदा कारोबार रकम ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार पुगेको थियो ।
बुधबार १४६ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा ८८ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यस दिन ११ वटा उपसमूह बढ्दा बाँकी २ वटा उप समूह घटेको छ । बैंकिङ ७, वित्त ०.५५, होटल र पर्यटन ४२, जलविद्युत ३१, लगानी २, जीवन बीमा ८९, उत्पादन र प्रशोधन १४, म्युअुचल फण्ड ०.०२, निर्जीवन बीमा ५२, व्यापार ९ र अन्य समूह ३८ अंकले बढ्दा विकास बैंक १९ र लघुवित्त १४ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा माछापुच्छे« बैंक लिमिटेडको प्रोमोटर शेयर, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी, घल्मेदी हाइड्रोपावर र नेपाल रिइन्स्यारेन्स कम्पनी रह्यो । माछापुच्छे« बैंक लिमिटेडको प्रोमोटर शेयर ८१ करोड ३६ लाख, हिमालयन रिइन्स्योरेन्सको ५६ करोड ४ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ४९ करोड ३६ लाख, घल्मेदी हाइड्रोपावरको ३९ करोड १९ लाख र नेपाल रिइन्स्यारेन्स कम्पनीको ३८ करोड ६७ लाख बराबर करोबार भयो ।