फेरि घट्यो शेयर बजार, करिब शतप्रतिशत सूचकहरु राताम्य

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार घटेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २१.६३ अंकले घटेर २७१४.८५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४.११ अंकले घटेर ४५४.९१ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स २.०५ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.४५ अंकले घटेको हो । यो सँगै शेयर बजार घटेको आठौं दिन बुधबार मात्र बढेको थियो भने आइतबार पुनः शेयर बजार घटेको हो ।

आइतबार ३१६ वटा कम्पनीको १ करोड ३९ लाख ७४ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार पुगेको छ । जुन बुधबारको तुलनामा १ अर्ब ३९ करोड ८६ लाख २८ हजारले कम हो । बुधबार ३२३ वटा कम्पनीको २ करोड २९ लाख ४१ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार पुगेको थियो ।

साथै आइतबार बजार पुँजीकरण रकम ४५ खर्ब ७ अर्ब ८८ करोड पुगेको छ । आइतबार ३१ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा २०७ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

यस दिन १ वटा उपसमूह बढ्दा बाँकी १२ वटा उप समूह घटेको छ । व्यापार २०२ अंकले बढ्दा बैंकिङ ११, विकास बैंक १३२, वित्त ३७, होटल र पर्यटन ३५, जलविद्युत ४७, लगानी २, जीवन बीमा १४७, उत्पादन र प्रशोधन १, म्युअुचल फण्ड ०.००, निर्जीवन बीमा ९२ र अन्य समूह ३७ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, महालक्ष्मी विकास बैंक, घल्मेदी हाइड्रोपावर , नेपाल रिइन्स्यारेन्स र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनी रह्यो । हिमालयन रिइन्स्योरेन्सको ५८ करोड ६६ लाख, महालक्ष्मी विकास बैंकको ३७ करोड ३० लाख, घल्मेदी हाइड्रोपावरको ३६ करोड ९४ लाख , नेपाल रिइन्स्यारेन्सको ३४ करोड १६ लाख र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको २६ करोड २० लाख बराबर करोबार भएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार