क्रेस्ट माइक्रो लाइफको आइपीओ भोलि बाँडफाँट हुने, पौने १९ लाखले पाउने छैनन् आइपीओ

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ भोलि अर्थात् चैत ५ गते बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटलको कार्यालयमा आइपीओ मंगलबार बिहान ८ः३० बजे बाँडफाँट हुनेछ ।

कम्पनीको आइपीओमा २० लाख ४८ हजार ५३८ आवेदकबाट २ करोड ४४ लाख ९२ हजार १७० कित्ता शेयरका लागि आवेदन परेको थियो । जस मार्फत २ अर्ब ४४ करोड ९२ लाख १७ हजार रूपैयाँ संकलन भएको हो ।

मागभन्दा १३.२७ गुण बढी आईपीओको लागि आवेदन परेको छ । गोलाप्रथगाबाट हुने आईपीओ बाँडफाँटमा सबैलाई पर्ने छैन । यसमा २० लाख ४८ हजार ५३८ जनाले कुल २ करोड ४४ लाख ९२ हजार १७० कित्ताका लागि आवेदन दिएका छन् ।
जसमा १ लाख ८४ हजार ५०० जनाले मात्र आईपीओ प्राप्त गर्नेछन् भने बाँकी १८ ल ाख ६४ हजार ३८ जनाको हात खाली हुनेछ ।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । कम्पनीले प्रथम चरणमा गत माघ १५ गतेदेखि २९ गतेसम्म १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रेहका नेपालीका लागि निष्कासन गरेको थियो । कुल कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात ६७ हजार ५ सय कित्ता कर्मचारीका लागि छुट्टाई बाँकी रहेको १८ लाख ४५ हजार कित्ता आम सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार