प्रतिकित्ता सयमै सिटिजन्स बैंकको ४० हजार कित्ता शेयर बिक्रीमा, कसले किन्न पाउँछन् ?

काठमाडौं । सिटिजन्स बैंकले लिमिटेडले ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । प्रतिकित्ता सय रुपैयाँका दरले जारी गरिएको उक्त शेयर सर्वसाधारणले समेत किन्न पाउनेछन् ।

यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि जारी गरिएको उक्त शेयर बिक्री नभएपछि कम्पनीले  नकिनेपछि अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिदका लागि सात दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

यसअघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुलाई मात्र प्राथमिकतामा राखेर ३५ दिने सूचना जारी गरेको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार