रेकर्ड विन्दुमा सुनको मूल्य

काठमाडौं । सूनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार सुनको मूल्य १ हजार १०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो हालसम्मको सुनको अधिकतम मूल्य हो ।

सोमबार छापावाला सुन प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोला १० रुपैयाँले बढेको छ। महासंघले मंगलबार लागि चाँदी प्रतितोला २ हजार ५० रुपैयाँ तोकेको छ । सोमबार चाँदी प्रतितोला २ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार