काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार घटेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ७.६६ अंकले घटेर २७९७.०४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.०६ अंकले घटेर ४५२.८९ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.४९ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.४० अंकले घटेको हो । यो सँगै शेयर बजार घटेको आठौं दिन बुधबार मात्र बढेको थियो भने आइतबार, सोमबार र मंगलबार पुनः शेयर बजार घटेको हो ।
सोमबारको तुलनामा मंगलबार कारोबार रकम र कारोबार कित्ता शेयर दुवै घटेको छ । मंगलबार ३१३ वटा कम्पनीको ८२ लाख ३७ हजार ९०२ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार पुगेको छ । जुन सोमाबारको तुलनामा १ अर्ब ६ करोड १६ लाख ८२ हजारले कम हो ।
सोमबार ३३१ वटा कम्पनीको ९९ लाख ३५ हजार ८७२ कित्ता शेयर कारोबार हुँदा कारोबार रकम ५ अर्ब ४० करोड ८३ लाख १४ हजार पुगेको थियो । पछिल्लो सयममा कारोबार रकममध्ये यस दिन सबैभन्दा कम हो । यसअघि पुस २८ गते ३ अर्ब ९४ करोड ५९ लाख कारोबार रकम पुगेको थियो ।
मंगलबार ८६ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १५२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यस दिन १ वटा उपसमूह बढ्दा बाँकी १२ वटा उप समूह घटेको छ । अन्य समूह ३ अंकले बढ्दा बैंकिङ २, विकास बैंक २४, वित्त ५, होटल र पर्यटन २४, जलविद्युत ६, लगानी ०.४६, जीवन बीमा ९५, उत्पादन र प्रशोधन १७, लघुवित्त १६, म्युअुचल फण्ड ०.०७, निर्जीवन बीमा ६९ र व्यापार २८ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, घल्मेदी हाइड्रोपावर, नेपाल रिइन्स्यारेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड र नारायणी विकास बैंक रह्यो । हिमालयन रिइन्स्योरेन्सको ३२ करोड ११ लाख, घल्मेदी हाइड्रोपावरको २२ करोड ७२ लाख, नेपाल रिइन्स्यारेन्सको १८ करोड ३ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको १६ करोड ७५ लाख र नारायणी विकास बैंकको १३ करोड ७८ लाख बराबर कारोबार भयो ।