क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड, १ लाख ८४ हजार ५०० ले पाए शेयर

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओको बाँडफाँड मंगलबार सम्पन्न भएको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहेको उक्त कम्पनीको प्रति शेयर सय रुपैयाँ अंकित दरमा १८ लाख ४५ हजार कित्ता साधारण शेयरका लागि फागुन २२ गते देखि फागुन २६ गतेसम्म सर्वसाधारणका लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । उक्त अवधिभिर सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत कुल १९ लाख ६५ हजार ८११ जना आवेदकहरुबाट २ करोड २७ लाख ३९ हजार ६५० कित्ता शेयरको लागि आवेदन प्राप्त भएको र सो मध्य १० हजार १२६ जना आवेदकबाट १ लाख५४ हजार ८८० कित्ता शेयरका लागि रितपूर्वक आवेदन नरहेकाले उक्त आवेदनहरु रद्द गरि जम्मा १९ लाख ५५ हजार ६८५ जना आवेदकलाई गोलाप्रथा मार्फत आज बिहान ८ः३० बजे शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको कूल २२ लाख ५० हजार कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई, ३ प्रतिशत अर्थात ६७ हजार ५०० कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरे पश्चात् बाँकी रहेको १८ लाख ४५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणका लागि निष्काशन गरिएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार