१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै सरकार

काठमाडौं ।आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रूपैयाँका लागि विकास ऋणपत्र बिक्री गर्न लागेको छ । सोही क्रममा कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्रीका लागि सूचना आह्वान गरेको छ । ऋणपत्रका लागि बुधबार (चैत ६ गते ) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने कार्यालयको सूचनामा उल्लेख छ । चैत ६ मा कार्यालयले ऋणपत्र बिक्री जारी गर्ने जनाएको छ । ‘विकास ऋणपत्र ०९२’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ११ वर्ष छ ।

ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ । ऋणपत्रमा घटीमा ५ लाख र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५ लाखले भाग गर्दा निःशेष भाग जाने अंकमा लगानी गर्न सकिने कार्यालयले जनाएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार