२६८२ मा आइपुग्यो शेयर बजार परिसूचक, पौने १ अर्बले बढ्यो कारोबार रकम

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार घटेको छ ।

बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १४.८८ अंकले घटेर २६८२.१५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.९६ अंकले घटेर ४४९.९२ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स १.१४ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.९५ अंकले घटेको हो । यो सँगै शेयर बजार घटेको आठौं दिन बुधबार मात्र बढेको थियो भने यो साता चार पुनः शेयर बजार घटेको हो ।

बुधबार ३११ वटा कम्पनीको ९५ लाख ८३ हजार ८२९ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार पुगेको छ । जुन मंगलबारको तुलनामा ७९ करोड ७३ लाख ६५ हजारले बढी हो । मंगलबार ३१३ वटा कम्पनीको ८२ लाख ३७ हजार ९०२ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार पुगेको थियो ।

बुधबार ५३ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १८३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

यस दिन १ वटा उपसमूह बढ्दा बाँकी ११ वटा उप समूह घटेको छ । होटल र पर्यटन ७ र व्यापार २५ अंकले बढ्दा बैंकिङ ८, विकास बैंक ७, वित्त ४०, जलविद्युत २४, लगानी ०.५२, जीवन बीमा २०१, उत्पादन र प्रशोधन २४, लघुवित्त २४, निर्जीवन बीमा ६५ र अन्य समूह १२ अंकले घटेको हो । म्युअुचल फण्ड भने स्थिर रहेको छ ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी , नेपाल रिइन्स्यारेन्स, ग्रीन डेभलपमेन्ट बैंक र हिमालयन पावर पार्टनर लिमिटेड रह्यो ।

हिमालयन रिइन्स्योरेन्सको २९ करोड ६७ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको २३ करोड ४६ लाख , नेपाल रिइन्स्यारेन्सको १७ करोड १८ लाख, ग्रीन डेभलपमेन्ट बैंकको १५ करोड २० लाख र हिमालयन पावर पार्टनर लिमिटेडको १३ करोड ८३ लाख बराबर करोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार