CLI

आज दुई लघुवित्त कम्पनीको साधारणसभा, एजेण्डा के ?

काठमाडौं । आज दुईवटा लघुवित्त कम्पनीको साधारण सभा हुँदैछ । नेष्डो लघुवित्त र मानुषी लघुवित्तले आजको मितिमा साधारणसभा तय गरेका हुन् ।

नेष्डो लघुवित्तले साधारण सभा कुश्मा पर्वत स्थित रोयल कुश्मा रिसोर्टमा गर्न लागेको छ । संस्थाले सभामा गत आर्थिक वर्ष सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ०.७५ प्रतिशतले हुने आउने रकम बराबरको १९ लाख १२ हजार ५०० नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । साथै गत आर्थिक वर्ष सम्मको मुनाफाबाट चुक्ता पुँजीको १४.२५ प्रतिशत हुने रकम बराबरको ३ करोड ६३ लाख ३७ हजार ५०० बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव समेत पेश गर्ने भएको हो । हाल कम्पनीको चुक्ता पुँजी २५ करोड ५० लाख रहेको छ ।

बोनश शेयर जारी गरे पश्चात संस्थाको चुक्ता पुँजी वृद्धि हुने भएकोले सोहि बमोजिम जारी तथा चुक्ता पुँजी २९ करोड १३ लाख ३७ हजार ५०० पुराउने प्रस्ताव समेत स्वीकृत गर्ने तयारी गरेको हो । संस्थाले साधारण सभा प्रयोजनका लागि फागनु २८ गते बुकक्लोज (शेयर दाखिल खारेजी दर्ता कार्य बन्द) गर्ने भएको छ । सो अनुरुप नेपाल स्टक एक्सचेन्ज , नेप्सेमा फागुन २७ गते सम्म करोबार भई शेयर प्राप्त गरेका शेयरधनीहरुले साधारण सभामा भाग लिन पाउने छन् ।

यसका साथै सभामा संस्थाले चालु आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमा छलफल गर्ने प्रस्ताव समेत अघि बढाउने भएको छ ।

यस्तै मानुषी लघुवित्तको छैठौं वार्षिक साधारणसभा भक्तपुरको जगातीस्थित होटल भ्यू भक्तपुरमा हुँदैछ । साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण पारित गर्नेछ ।

सभाले कुनै पनि लघुवित्तसँग मर्जरका लागि आवश्यक सबै काम गर्न र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव सभाले पारित गर्नेछ ।

Leave Your Comment

Related News