यस्तो छ आजको लागि बेदेशी मुद्राको बिनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार  अमेरिकी डलर १ को खरिद दर १३७ रुपैँया २६ पैसा बिक्रि दर १ सय ३७ रुपैँया ८६ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४८ रुपैँया ४५ पैसा बिक्रि दर १ सय ४९ रुपैँया १० पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ७७ रुपैँया ३३ पैसा बिक्रि दर १ सय ७८ रुपैँया ११ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ५६ रुपैँया ७ पैसा खरिद दर १ सय ५५  रुपैँया ७ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैँया ८ पैसा बिक्रि दर ८६ रुपैया ४५ पैसा रहेको छ ।

आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर ९५ रुपैया ६५ पैसा बिक्रि दर ९६ रुपैँया ७ पैसा रहेको छ । सिङ्गापुर डलर १ को खरिद दर १ सय २ रुपैँया ७३ पैसा बिक्रि दर १ सय ३ रुपैँया १८ पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ९ रुपैँया १९ पैसा बिक्रि दर ९ रुपैँया २३ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर ९ रुपैँया १९ पैसा बिक्रि दर १९ रुपैया २३ पैसा रहेको छ ।

आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३६ रुपैँया ५९ पैसा बिक्रि दर ३६ रुपैँया ७५ पैसा रहेको छ ।  कतारी रियल १ को खरिद दर ३७ रुपैँया ६५ पैसा बिक्रि दर ३६ रुपैँया ७५ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया ७ पैसा बिक्रि दर ४ रुपैँया ८ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैँया ३७ पैसा  बिक्रि दर ३७ रुपैँया ५३ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३१ रुपैँया ५ पैसा बिक्रि दर ३१ रुपैँया १८ पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर  ९ रुपैँया ३८ पैसा बिक्रि दर ९ रुपैँया ४२ पैसा रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर १३ रुपैँया ५३ पैसा बिक्रि दर १३ रुपैया ५९ पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर १९ रुपैँया ९० पैसा बिक्रि दर १९ रुपैँया ९९ पैसा रहेको छ ।

हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ६६ पैसा बिक्रि दर १७ रुपैँया ७३ पैसा रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ४५ रुपैँया ४९ पैसा बिक्रि दर ४ सय ४७ रुपैया २३ पैसा रहेको छ ।

बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ६४ रुपैया १२ पैसा बिक्रि दर ३ सय ६५ रुपैँया ७१ पैसा रहेको छ ।  ओमानी रिएल खरिद दर १ को ३ सय ५६ रुपैँया ५९ पैसा बिक्रि दर ३ सय ५८ रुपैँया १५ पैसा रहेको छ ।

भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार