नेप्से ४१.४३ अंकले बढ्यो, सवा ५ अर्ब बढी कारोबार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४१.४३ अंकले बढेर २६६३.३० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ५.६० अंकले बढेर ४४६.२९ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स २.४३ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.९६ अंकले बढेको हो ।

बिहीबार ३०९ वटा कम्पनीको ९७ लाख ७२ हजार १९६ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब २२ करोड ३० लाख ८३ हजार पुगेको छ । बिहीबार ५५ हजार ४४२ पटक करोबार भयो । जुन बुधबारको तुलनामा १ अर्ब १ करोड ८६ लाखले बढी हो । बुधबार ३१७ वटा कम्पनीको ४ अर्ब २० करोड ४४ लाख बराबरको कारोबार भएको थियो ।

साथै यसदिन बजार पुँजीकरण रकम ४४ खर्ब २२ अर्ब ४५ करोड पुगेको छ ।

यसदिन २२७ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १६ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन शतप्रतिशतले उपसमूह बढेको छ । बैंकिङ १२, विकास बैंक ६०, वित्त ३३, होटल र पर्यटन २८, जलविद्युत ३८, लगानी २.३०, जीवन बीमा २२७, उत्पादन र प्रशोधन ६६, लघुवित्त १०६, म्युअुचल फण्ड ०.०७, निर्जीवन बीमा १०४, व्यापार २४७ र अन्य समूह ४१ अंकले बढेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, नेपाल रिइन्स्यारेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी, सीइडबीबी होल्डीङस लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंक रह्यो ।

हिमालयन रिइन्स्योरेन्सको ५१ करोड १८ लाख, नेपाल रिइन्स्यारेन्सको २७ करोड ७ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको २५ करोड ३३ लाख, सीइडबीबी होल्डीङस लिमिटेडको २० करोड ४९ लाख र ग्रीन डेभलपमेन्ट बैंकको १८ करोड ९४ लाख बराबर करोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार