थप ६०० मेगावाट बिजुली दिन भारत तयार, उद्योगको लोडसेडिङ पनि हट्ने दाबी

काठमाडौं । थप ६०० मेगावाट बिजुली दिन भारत तयार भएको हो । परराष्ट्र मन्त्रालयको कूटनीतिक पहलमा भारतले इन्डियन इनर्जी एक्सजेञ्जबाट थप ६ सय मेगावाट विद्युत दिने स्वीकृत दिएको हो ।

ऊर्जासचिव सुरेश आचार्यले सहमतिअनुसार आगामी अप्रिल १ देखि राति ११ बजेदेखि बिहान ४ बजेसम्म उक्त बिजुली आयात हुनेछ ।

उक्त बिजुली आएसँगै उद्योग क्षेत्रमा रहेको लोडसेडिङ पनि हट्ने दाबी मन्त्रालयको छ । उद्योगीहरुले हाल विभिन्न उद्योगहरुमा दैनिक १२ घण्टासम्म लोडसेडिङ भैरहेको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार