सुन हालसम्मकै महँगो

काठमाडौं । सूनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य १ लाख ७६ हजार २०० रुपैयाँ पुगेको छ । यो सुनको हालसम्मको सबैभन्दा मूल्य हो ।

बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य १ हजार ४०० रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन प्रति तोला १ लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

गत चैत ६ गते तोलामा १ लाख ७६ हजार रुपैयाँसम्म पुगेको सुन त्यसपछि केही सस्तिएको थियो ।

चाँदी तोलामा २० रुपैयाँ बढेको छ । महासंघका अनुसार चाँदी प्रति तोला २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य २ हजार २० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार