CLI

काठमाडौंमा कर्फ्यु समय थप, शनिबार बिहान ७ बजेसम्म लागू

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी कर्फ्युको अवधि थप गरेको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार शनिबार बिहान ७ बजेसम्मका लागि कर्फ्यु जारी रहनेछ।

शुक्रबार राजधानीका विभिन्न स्थानमा राजावादी प्रदर्शनकारीहरू उग्र बनेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। विशेषगरी तीनकुने क्षेत्र आसपास अशान्ति बढेपछि आज राति १० बजेसम्म कर्फ्यु लागू गरिएको थियो।

काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म पाँच स्थान तोकेर जारी गरिएको कर्फ्यु अब शनिबार बिहान ७ बजेसम्म लम्ब्याइएको छ।

प्रहरीले कर्फ्यु आदेश लागू गर्नु अघि माइकिङ गरी सर्वसाधारणलाई सतर्क गराएको थियो। यद्यपि, आदेश जारी भइसकेपछि पनि प्रदर्शनकारीहरूले काठमाडौंका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरेका छन्।

Leave Your Comment

Related News