CLI

सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता शेयर प्रतिकित्ता २५० मा बिक्रीमा

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा उक्त शेयर खरीद गर्नको लागि ईच्छुक विद्यमान संस्थापक शेयरधनी, व्यक्ति र कम्पनी वा संस्थाले आगामी चैत २६ गतेसम्म शेयर खरिदका लागि शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बैंकले यसअघि ३५ दिने सूचना जारी गरेको थियो ।

शेयर खरीदको लागि आवेदन गर्दा न्यूनतम एक सय कित्ता शेयरको लागि आवेदन दिनु पर्नेछ । सो भन्दा बढी शेयर खरीद गर्नका लागि बोलपत्र पेश गर्ने बोलपत्रदाताले १० अंकको गुणाइमा अधिकतम ४०,००० कित्ताको लागि आवेदन दिन सकिनेछ । तर शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा नेपाल राष्ट्र बैंकले एउटा व्यक्ति,
एकाघर परिवारका सदस्य वा संस्थाले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्नेछ । दशमलबमा ( खण्डित रूपमा आउने गरी शेयर संख्यामा आवेदन गर्न नपाइने सूचनामा उल्लेख छ ।

Leave Your Comment

Related News