रवि लामिछाने कारागार चलान

काठमाडौं । सहकारी ठगी प्रकरणमा उच्च अदालतको आदेशपछि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारमा पठाइएको छ।

उनलाई सोमबार जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइएको थियो। त्यहाँ लामिछानेलाई थुनुवा पुर्जी दिएर भैरहवास्थित जिल्ला कारागारमा पठाइएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार उनी अदालतको अर्को फैसला नआउनेबेलासम्म सोही कारगारमा रहने छन्।

गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् ।

बुटवलको सुप्रिम बचत तथा सहकारी ठगी प्रकरणमा पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई यसअघि रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । उच्च अदालतले यसलाई उल्ट्याएर पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार