काठमाडौं । आइतबारको सार्वजनिक बिदा पछि सोमबार खुलेको शेयर बजार दोहोरो अंकले घटेको छ ।
सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३३.३३ अंकले घटेर २६७०.०६ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार भने नेप्से परिसूचक ३.३५ अंकले बढेर २७०३.३९ विन्दुमा पुगेर बन्द भएको थियो ।
सोमबार क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४.०८ अंकले घटेर ४४६.० विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स२.०७ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.५२ अंकले घटेको हो ।
सोमबार ३२२ वटा कम्पनीको १ करोड १४ हजार ८६६ कित्ता शेयर खरिद बिक्री हुँदा करोबार रकम ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार पुगेको छ । जुन बिहीबारको तुलनामा कारोबार रकम २ अर्ब १८ करोड ५६ लाख ६९ हजारले कमी हो । बिहीबार ३२४ वटा कम्पनीको १ करोड ५५ लाख २ हजार ९९८ कित्ता शेयर खरिब बिक्री हुँदा करोबार रकम ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार पुगेको थियो ।
सोमबार बजार पुँजीकरण रकम ४४ खर्ब ३३ अर्ब ६८ करोड पुगेको छ ।
यसदिन २३ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा २२१ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन १३ वटा उपसमूह घटेको छ । बैंकिङ १३, विकास बैंक ६१, वित्त ५९, होटल र पर्यटन ८७, जलविद्युत ४८, लगानी २, जीवन बीमा ११२, उत्पादन र प्रशोधन १००, लघुवित्त ५०, म्युअुचल फण्ड ०.०२, निर्जीवन बीमा १५१, व्यापार १४९ र अन्य समूह ११ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल रिइन्स्यारेन्स, राधी विद्युत कम्पनी र हिमालयन पावर पार्टनर रह्यो । हिमालयन रिइन्स्योरेन्सको ५० करोड ३६ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ४३ करोड २१ लाख, नेपाल रिइन्स्यारेन्सको ३३ करोड १७ लाख, राधी विद्युत कम्पनीको २८ करोड ३९ लाख र हिमालयन पावर पार्टनरको २१ करोड ४० लाख बराबर करोबार भयो ।