काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारीले तलब पाएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काममा फर्किएपछि सोमबार कर्मचारीहरूले तलब पाएका हुन् ।
महानगरकाका प्रवक्ता नवीन मानन्धरका अनुसार प्रमुख प्रशासकीय अधिकृत गुरागाईं काममा फर्किए सँगै कर्मचारीहरुले तलब पाएका हुन् । यो सँगै मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोलदेखि महानगरका सबै जनप्रतिनिधि र कर्मचारीको तलब हालिएको हो ।
महानगरले १ अर्ब १३ करोड रुपैयाँ बराबरको तलब निकासा गरेको हो । महानगरका २९ सय कर्मचारीलाई १ अर्ब १३ करोड भुक्तानी भएको हो ।
महानगरमा ३ महिनादेखि ६ महिनासम्मको तलब कर्मचारीले पाउन बाँकी थियो ।
काठमाडौं टावरको नक्साका विषयमा मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाईं बीच विवाद भएको थियो । बालेनले समिति गठन गरि अनुसन्धाान गराएका थिए भने गुरागाईंलाई कार्यालय प्रवेश गर्न दिएका थिएनन् ।
तलब नपाएको भन्दै महानगरका कर्मचारी जनप्रतिनिधिले बिहीबार गुरागाईंको कोठाको ढोका तोडफोड गरी प्रवेश गराएका थिए ।