बेस्ट फाइनान्सले घटायो संस्थापक शेयरधनीको शेयर स्वामित्व

काठमाडौं । बेस्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनीहरुको शेयर स्वामित्व घटाएको छ ।

कम्पनीले गत कात्तिक १४ गते सम्पन्न २७ औँ वार्षिक साधारण सभाले गरेको निर्णय बमोजिम शेयरधनीहरुको शेयर स्वामित्व संरचना परिवर्तन गर्न प्रबन्धपत्रको दफा संशोधन गरी संशोधित स्वामित्व संरचना बमोजिम संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गरी अभिलेख गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ ।

कम्पनीले संस्थापक शेयरधनीहरुको शेयर स्वामित्व ६१.४२ प्रतिशतबाट घटाई ५१.४२ प्रतिशत कायम गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको थियो ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेका संस्थापक शेयरधनीहरुको मात्र सर्वसाधारणमा परिणत हुने शेयर डिम्याट खातामा जम्मा गरिने भएकोले संस्थापक शेयरधनीहरुले आफु कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको अद्यावधिक प्रमाण यस सस्थाको प्रधान कार्यालय, कमलादी, काठमाडौ वा शेयर रजिष्ट्रार  प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौमा उपलब्ध गराउन कम्पनीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार