२ अर्ब ५० करोडको ऋणपत्र जारी गर्दै राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ७ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले वैशाख ७ गतेदेखि प्रति ऋणपत्र एक हजार रुपैयाँका दरको २५ लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । जसमध्ये १५ लाख कित्ताले हुन आउने १ अर्ब ५० करोड ऋणपुँजी व्यक्तिगत तबरबाट बिक्री गरिने तथा ४० प्रतिशत अर्थात १० लाख कित्ताले हुन आउने १ अर्ब ऋणपुँजीमध्ये ५ प्रतिशत अर्थात् ५० हजार ऋणपत्र सामूहिक लगानी कोषलाई बिक्री गरिने छ । बाँकी ९ लाख ५० हजार कित्ता ऋणपत्र सर्वसाधारणमा सार्वजनिक गरिनेछ ।

आवेदन वैशाख १० गतेसम्म दिन सकिनेछ भने उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा म्याद २१ गतेसम्मका लागि थप गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार