काठमाडौं । मंगलबार घटेको शेयर बजार बुधबार सामान्य अंकले बढेको छ ।
बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ९.६६ अंकले बढेर २६७६.२८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.४४ अंकले बढेर ४४६.२२ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.६२ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.५० अंकले बढेको हो ।
बुधबार ३१७ वटा कम्पनीको १ करोड ७३ हजार ८२२ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार पुगेको छ । जुन मंगलबारको तुलनामा कारोबार रकम ८१ करोड ५४ लाखले बढी हो । मंगलबार ३२१ वटा कम्पनीको १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ३० करोड पुगेको थियो ।
बुधबार बजार पुँजीकरण रकम ४४ खर्ब ४६ अर्ब ५१ करोड पुगेको छ ।
यसदिन १५४ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा ९० वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन ११ वटा उपसमूह बढ्दा २ वटा घटेको छ । विकास बैंक १६, वित्त ९, होटल र पर्यटन १५४, जलविद्युत ३, लगानी २, जीवन बीमा ३०, उत्पादन र प्रशोधन ९६, लघुवित्त ११, म्युअुचल फण्ड ०.११, निर्जीवन बीमा ८० र अन्य समूह ९ अंकले बढ्दा बैंकिङ ०.५२ र व्यापार १९ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी, सिइडीबी होल्डिङस लिमिटेड, हिमालयन रिइन्स्योरेन्स, नेपाल रिइन्स्यारेन्स र राधी विद्युत कम्पनी रहेको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ४२ करोड ७५ लाख, सिइडीबी होल्डिङस लिमिटेडको ३० करोड २२ लाख, हिमालयन रिइन्स्योरेन्सको २७ करोड ४४ लाख, नेपाल रिइन्स्यारेन्सको २२ करोड ७२ लाख र राधी विद्युत कम्पनीको २० करोड ४४ लाख बराबर करोबार रहेको छ ।

