सुन उच्चतम विन्दुमा

काठमाडौं । नेपाली बजारमा सुन उच्चतम विन्दुमा पुगेको छ । अघिल्लो दिनको मूल्यलाई पछि पार्दै सुन पुन थप महँगो भएको हो ।
आज सुन प्रति तोला ३ हजार ९०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलामा ५ हजार ७०० रुपैयाँले बढ्दै १ लाख ८१ हजार १०० रुपैयाँ पुगेको थियो । उक्त मूल्यबाट पनि बढ्दै सुन थप महँगिएको हो ।

चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ९ सय ५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार