काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३७ रुपैँया ३७ पैसा बिक्रि दर १ सय ३७ रुपैँया ९७ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ५६ रुपैँया २ पैसा बिक्रि दर १ सय ५६ रुपैँया ७१ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ७९ रुपैँया ७८ पैसा बिक्रि दर १ सय ८० रुपैँया ५७ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ६९ रुपैँया ११ पैसा खरिद दर १ सय ६८ रुपैँया ३८ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैँया ७१ पैसा बिक्रि दर ८६ रुपैया ९ पैसा रहेको छ ।
आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैया८० पैसा बिक्रि दर ९९ रुपैँया २३ पैसा रहेको छ । सिङ्गापुर डलर १ को खरिद दर १ सय ४ रुपैँया ३ पैसा बिक्रि दर १ सय ४ रुपैँया ४८ पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ९ रुपैँया ६३ पैसा बिक्रि दर ९ रुपैँया ६७ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १८ रुपैँया ८२ पैसा बिक्रि दर १८ रुपैया ९० पैसा रहेको छ ।
आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३६ रुपैँया ५९ पैसा बिक्रि दर ३६ रुपैँया ७५ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३७ रुपैँया ६८ पैसा बिक्रि दर ३७ रुपैँया ८५ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया १० पैसा बिक्रि दर ४ रुपैँया ११ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैँया ४० पैसा बिक्रि दर ३७ रुपैँया ५६ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३१ रुपैँया ६ पैसा बिक्रि दर ३१ रुपैँया २० पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर ९ रुपैँया ६० पैसा बिक्रि दर ९ रुपैँया ६४ पैसा रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर १४ रुपैँया बिक्रि दर १४ रुपैया ६ पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर२० रुपैँया ८९ पैसा बिक्रि दर २० रुपैँया ९८ पैसा रहेको छ ।
हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ७१ पैसा बिक्रि दर १७ रुपैँया ७९ पैसा रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ४८ रुपैँया ६४ पैसा बिक्रि दर ४ सय ५० रुपैया ६० पैसा रहेको छ ।
बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ६४ रुपैया ४२ पैसा बिक्रि दर ३ सय ६६ रुपैँया १ पैसा रहेको छ । ओमानी रिएल खरिद दर १ को ३ सय ५६ रुपैँया ८२ पैसा बिक्रि दर ३ सय ६६ रुपैँया १ पैसा रहेको छ ।
भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

