न्यायाधीशमाथि टिप्पणी गरेपछि संग्रौलाविरुद्ध सर्वोच्चमा मुद्दा, तीन दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य ज्वाला संग्रौलालाई तीन दिनभित्र उपस्थित हुन सर्वोच्च अदालतले आदेश गरेको छ ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शारंगा सुवेदीको इजलासले सङ्ग्रौलाविरुद्ध दायर रिटमा कारण देखाउ आदेश दिँदै तीन दिनभित्र बयानका लागि उपस्थित हुन आदेश गरेको हो ।

गत चैत २२ गते रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । उक्त आदेशलगत्तै सङ्ग्रौलाले अदालतको अवहेलना हुनेगरी टिप्पणी गरेकी थिइन् ।
उनले फेसबुकमा लेखेकी थिइन्, ‘न्यायाधीश नै पार्टीका झोले कार्यकर्ता भएपछि यस्तै हो। दिउँसो घाम लागेको बेलासमेत यो त रात हो भनेर फैसला गर्छन्, हामीले मान्दिनुपर्‍या छ ।’

सङ्ग्रौलाको उक्त टिप्पणीपश्चात् कानुनका विद्यार्थी प्रान्जल केसीले सर्वोच्चमा अदालतको अवहेलनासम्बन्धी रिट दायर गरेका थिए ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार