CLI

त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी डा. खड्ग केसीलाई दिएको छ।

प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई बढीमा तीन महिनाका लागि काम गर्ने गरी जिम्मेवारी तोकेका हुन् ।

उपकुलपतिको पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयअनुसार शिक्षाध्यक्ष केसीलाई उक्त जिम्मेवारी तोकिएको हो।

 

Leave Your Comment

Related News